लिंकनको कपाल र हत्या सम्बन्धी टेलिग्राम महँगो दाममा बिक्रि



न्युयोर्क,( एजेन्सी ) ।

अमेरिकी पुर्व राष्ट्रपति अव्राहम लिंंकनको पोस्टमार्ट परिक्षणबाट प्राप्त उनको केहि केश र सन् १८६५ मा उनको हत्या हुनासाथ पठाइएको रगतको दाग सहितको टेलिग्राम ८१ हजार अमेरिकी डलर भन्दा बढि मूल्यमा बिक्रि भएको छ । बोस्टनको आर आर लिलाम गृहका अनुसार गत शनिवार लिंकनको करिव दुई इन्च लामो केशको मुठा र उक्त औपचारिक टेलिग्राम लिलाम भएको हो ।

सो केश लिंकनकी विधवा पत्नी म्यारी टोड लिंकनका भतिजा डा. लिम्यान बिचरको हातमा आइपुगेको हो । त्यतिवेला लिंकनको शवको पोस्टमार्टम हुँदा डा. टोड पनि उपस्थित थिए । उनले नै आफुलाई आफ्ना सहायक जर्ज किन्नियरले दिएको हत्या सुचना समबन्धी टेलिग्राममा उनले सो केश पाको पारेको विश्वास गरिएको छ ।

डा. टोडका छेरा जेम्स ए. टोड भन्छन् , ‘ अब्राहम लिंकनलाई गोली हानिएको केहि समय पछि नै यो टेलिग्राम वासिंगटनमा आइपुगेको थियो । भोलिपल्ट पोस्टमार्टमको क्रममा लिंकनको बाँया कन्चटमा झुण्डिरहेको सो केश डा. टोडलाइ दिइएको थियो । आफ्नो खल्तमिा अन्य कुन ैकागज नभएकाले उनले रगत वा मस्तिष्कको तरल पदार्थ लागेको यसै टेलिग्राममा केश पोका पारेर हतारमा सिसाकलमले ‘ ए. लिंकनको केश ’ भनेर लेखेका थिए । ’

लिंकन अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन् । सन् १८६५ को १४ अप्रिलमा वासिंगटन डि.सि.को फोर्डस थियटरमा जोहन विल्किस बुथ नामक व्यक्तिले लिंकनको गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्