नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल, सोमबार पुन: बैठक बस्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत चार एजेण्डामा छलफल शुरू गरेको छ । स्थायी कमिटी बैठकको सुझावअनुसार मन्त्रिपरिषद् पुनर्गठनको छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘पुनर्गठनका सन्दर्भमा सचिवालयले नीतिगत रूपमा सुझाव दिएको छ । त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौँ । आवश्यक परे त्यसबारे पनि छलफल गर्छौं,’ श्रेष्ठले भने ।

यस्तै, सचिवालय बैठक सोमवार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्