पक्राउ परे स्पाइडर म्यान !



पेरिस (एजेन्सी) ।

साहसीहरुको अत्यन्त जोखिम हुनु अस्वाभाविक होइन । तर पनि हदैसम्मको जोखिम मोल्ने कार्य भने राज्यले दिने छुट भित्र नपर्न पनि सक्छ । यसतै एक घटनामा फ्रान्सका प्रहरीले आफुलाई स्पाइडर म्यान ठान्ने एक ब्यक्तीलाई गिरफ्तार गरेको छ ।

बिना डोरी र अन्य कुनै प्रकारको सरक्षा उपकरण पेरिसको सबैभन्दा अग्लो भवन चढेर एक ब्यक्तीले साहसिक काम गरेका थिए । आफुलाई स्पाइडर म्यान ठान्ने ती ब्यक्तीको उक्त कृत्य ज्यानै जाने खालको थियो ।

ती ब्यक्ती चढिरेको गगनचुम्बीको नाम टुर मोन्टपार्नेसे हो । यसको उचाइ करिब ६ सय ९० फिट बताइएको छ । उनले साँझको समय भवन चढ्न शूरु गरेको थियो । उनलाई राती ८ बजे प्रहरीले गिरफ्तार गर्यो । यसका लागि एक उद्धारकर्मीले आफ्नो जीवन नै जोखिममा राखेर ती ब्यक्तीसँग भवनमा झुन्डिनु परेको थियो ।

यो गगनचुम्बी पेरिसको सबैभन्दा अग्यो भएपनि आइफल टावर जति अग्लो भने होइन । यो सहरको एक मात्र अग्लो भवन पनि हो । जब ती ब्यक्ती भवनमा चढिरहेका थिए, त्यतिबेला कयौंले उक्त डरलाग्दो कृत्यलाई क्यामरामा कैद गरि सामाजिक सन्जाहरुमा सेयर गरिरिहेका थिए । उनको यो भिडियो भाइरल भएको छ । मानिसहरु ती ब्यक्तीको तुलना सुपरहिरो स्पाइडर म्यानसँग गरिरहेको छ ।

यसअघि सन् २०१५ मा पनि एक ब्यक्ती नेपालको झन्डा लिएर उक्त भवनमा चढेका थिए । नेपालमा त्यतिबेला आएको महाभुकम्प र त्यसमा मरेकाहरु प्रति श्रद्धान्जली दिन चाहेको ती साहसिक ब्यक्तीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्