ट्रम्पको नाममा विष भरिएको पार्सल



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति चुनावको चहलपहल तात्दै गइरहेको बेला त्यहाँ प्रहरीले विष भरिएको एक पार्सल हात पारेका छन् । उक्त पार्सल राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो । प्याकेजमा रिसिन नामको विष रहेको आशंका गरिएको छ र त्यसको पुष्टीका लागि दुई पटक जाँच गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पठाइएका सबै चिठ्ठी पार्सलको गहन जाँचपछि मात्र सम्बन्धित ठाउँ वा ब्यक्तीलाई दिइने गरिन्छ । जाँचका क्रममा कुनै आशंका रहेन भने मात्र त्यसलाई ह्वाइट हाउसमा पठाइन्छ ।

उक्त प्याकेज सम्भवत क्यानाडाबाट पठाइएको अमेरिकाको कानुन सम्बन्धी एजेन्सीका एक अधिकारीले बताएको छ । द फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र गुप्तचर सेवाले यस घटनाको जाँच गरिरहेको छ । एफबीआईका अधिकारीले न्युज च्यानल सीएनएनलाई भने , एफबीआई र हाम्रो सिक्रेट सर्विस र अमेरिकी पोस्टल इन्स्पेक्न सर्विसले संयुक्त रुपमा जाँच गरिहेको छ । अहिलेलाई कुनै सर्वसाधारणका लागि कुनै प्रकारको खतराको आशंका छैन ।

रिसिन अत्यन्तै घातक तत्व हो जसलाई कास्टर बिन्सबाट निकालिन्छ । यसको प्रयोग आतंकवादी हमलामा भइसकेको छ । यसलाई पाउडर, मिस्ट, पेलेट वा एसिडका रुपमा उपयोग गर्न सकिन्छ । रिसन विष खानाले ब्यक्तीलाई वान्ता हुन्छ, पेट र आन्द्रा भित्र रगत बहन थाल्छ , कलेजो, तथा किडनी फेल हुन्छ र अन्तमा मान्छेको पुरै रत्तसन्चार प्रणाली अवरुद्ध हुन्छ । जसले उनको मृत्यु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्