कलाकर्मीलाई पदक प्रदान गर्ने घोषणा



यसपालिको संविधान दिवसका अवसरमा विभिन्न विधाका कलाकर्मीलाई विविध मानपदवी अलंकार र पदकबाट विभूषित गर्ने घोषणा भएको छ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्या भण्डारीले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वका साथमा कलाकर्मीलाई पनि मान पदवी, अलंकार र पदकबाट विभ”षित गर्ने घोषणा गरेकी हुन्।

यस अवसरमा गायक जगतमर्दन थापा, कलाकार बुलुहयाङग राई मुकारुङ र रगकर्मी निशा शर्मा पोखरेललाई सुप्रवल जनसेवा श्री (तृतीय), चित्रकार हरिप्रसाद शर्मा र अभिनेता विल्सनविक्रम राई (तक्मे बुढा) लाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ), मूर्तिकार यज्ञरत्न बज्राचार्य, संगीतकार सुरेन्द्र गोपाल श्रेष्ठ, फिल्म सम्पादक नरेन्द्रबहादुर खड्का क्षेत्री, अभिनेता उत्तम केसी, लोकगायिका देवीमाया थापा गुरुङ, छायांकार तथा चलचित्र निर्माता निर्देशक मञ्जुकुमार श्रेष्ठ, गीतकार तथा समाजसेवी मुकुन्दराज शर्मा, तवलावादक सरिता मिश्र र संगीतकार टिका भण्डारी प्रवल जनसेवा श्री (चतुर्थ) प्रदान गरिने घोषणा भएको छ।

त्यसै गरी गायक कृष्णप्रासद काफ्ले, गीतकार झुमा बनेम लिम्बु, चित्रकार लक्ष्मण मण्डल र गायिका सरस्वती खत्रीलाई जनसेवा श्री (पञ्चम) प्रदान गरिने घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्