वृद्धवृद्धाको एक्लोपना रोबोटले हटाउने



बर्लिन, (एजेन्सी)
युरोपेली संघ (ईयू) र जापान सरकारको संयुक्त लगानीमा भएको एक अध्ययनले कुराकानी बोक्न सक्ने गरी प्रोग्राम गरिएका रोबोटले केयर होममा वृद्धहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने पत्ता लगाएको छ। केरस्सेस नाम अध्ययनका अनसन्धानकर्ताले तीन वर्षसम्म ‘संस्कारको आधारमा सक्षम’ पेप्पर नामक रोबोटलाई बेलायत र जापानका वृद्धाश्रममा प्रयोग गरेका थिए।
ती स्याहार आश्रममा रहेका वृद्धवृृद्धासँग कुराकानी गराउनका लागि पेप्परको आर्टिफिसियल इन्टेलिजेन्स डिजाइन गरिएको थियो। यस अध्ययनमा संलग्न लेखकहरूले दुई साताको अवधिमा ती वृद्धवृद्धाहरूलाई पेप्परसँग अन्तक्र्रिया गराइँदा तिनीहरूको मानसिक स्वास्थ्यमा महत्वपूर्ण सुधार आउनुका साथै एक्लोपनाको पीडामा थोरै तर सकारात्मक परिवर्तन आएको बताएका छन्।
बेलायतको बेडफोर्टसायर विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक क्रिस पापादोपोलसले कोभिड–१९ महामारी फैलिरहेको समयमा प्राप्त यो उपलब्धि अझै समयानुकूल भएको बताएका छन् । उनले वृद्धवृद्धाको एक्लोपना निकै ठूलो समस्या भएकाले नै आफूहरूले यो परियोजना प्रारम्भ गरेको सीएनएनलाई जानकारी गराएका छन्। यस्ता रोेबोटलाई पूर्णकालीनरूपमा नर्सिङ होम र केयर होममा पालना गर्न अझै दुईदेखि तीन वर्ष तिनीहरूमाथि अध्ययन÷अनुसन्धान र परिमार्जन गरिने पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्