डा. रुइत विभूषित



काठमाडौं, (नेस)

संविधान दिवसको अवसरमा सरकारले ७७ जना स्वास्थ्यकर्मीलाई विभिन्न मानपदवी तथा अलंकारबाट विभूषित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरेका व्यक्तिहरुलाई दिइने यो पदवीबाट स्वास्थ्य क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउँदै आउनुभएको र कोरोना संक्रमणका बेला अग्रपंक्तिमा रहेर अनवरतरुपमा सेवा पु¥याउने स्वास्थ्यकर्मीलाई विभूषित गर्नुभएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले सुप्रसिद्ध प्रबल जनसेवा पदक प्रथम प्राप्त गर्नुभएको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि संविधान दिवसका अवसरमा स्वास्थ्य सेवामा उत्कृष्ट काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, नर्सहरु गरी स्वास्थ्य क्षेत्रमा कार्यरत ७७ जनालाई विभिन्न पदकबाट विभूषित गरिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय) अलंकारबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवाली, क्षेत्रीय निर्देशक स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका डा. गुणराज अवस्थी, प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन, शुक्रराज अस्पतालका डा. अनुप बास्तोला, प्रमुख मेसु नारायणी अस्पताल वीरगन्जका डा. मदनकुमार उपाध्यायलगायत १३ जना चिकित्सकहरु विभूषित हुनुभएको छ ।

त्यसैगरी कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झालगायत ५४ जना विभूषित हुनुभएको छ । त्यसैगरी जनसेवा श्री पञ्चमबाट ७ जना र परमपौरख भाष्कर पदवीबाट ४ जना स्वास्थ्यकर्मी तथा प्राविधिकहरु ीवभूषित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्