कोरोना नियन्त्रणमा सरकारको लाचारीपन : डाक्टर केसी



दयाराम पण्डित,बाजुरा ।

“प्रजातान्त्रिक विचार समाज ” का केन्द्रीय अध्यक्ष डाक्टर केदारनशिंह केसीले कोरोना संक्रमण नियन्त्रणमा सरकारको लाचारीपन भएको बताउनु भएको छ । अध्यक्ष केसीले उक्त अभिब्यक्ती प्रजातान्त्रिक विचार समाज शुदुरपश्मि प्रदेश समितीको शनिवार सम्पन्न प्रथम अबिधेशनको वयभिङ्ग कार्यक्रममा बताउनु भएको हो ।

खाद्यन्न , शिक्षा, स्वास्थय लगायतका आधारभुत आबस्यकता नागरिकका संविधान प्रदत्त मौलिक हक अन्तगत पर्दछन् । कोरोना नियन्त्रणका नाममा करोडौं रुपैंया खर्च गरेको छ । तर कोरोना १९को संक्रमण तीब्ररुरपमा फैलिरहेको छ । यतिवेला कोरोना माहामारीका कारणले जनता भोकभोकै बस्दापनि सरकारले कुनै ठोस योजना ल्याउन नसकेको आरोप लगाउनुभएको छ।

दैनिक हजार वढिको संख्यामा कोरोना संक्रमित देखापरेका छन् । करोडौं रुपिया खर्च भएको छ । सरकारी खर्च बढिरहेको छ । तर, नागरिकले कोरोना संक्रमणवाट बच्न कुनै राहात महशुस गर्न नसकेको गुनासो गर्नु भयो ।

त्यसैगरी नेपाली नागरिकले राजनीतिक स्थायित्वका लागि पटक पटक लडाई लड्यौं तर,जनाताले लोकतन्त्र शुुसानको प्रत्याभुति गर्न नपाएको । देशमा साँसद अपरहरण देखि अराजक गतिविधी मात्र बढेका छन् । सरकारका यसता गलत प्रवित्ती रोक्न लोकतन्त्रको संरक्षण र संविधानको अक्षरसः पालना गर्न लोकतन्त्रवादीले निश्पक्षरुपमा पैरबी गने बेला आएको छ । समाजका अध्यक्ष केसीले भन्नुभयो ।

देशमा अलोकतान्त्रिक पार्टीको हावी भएको ले नेपालको संविधान २०७२ लाई अक्षरस : पालना गर्न ,कोभिड १९ वाट आक्रान्त नेपालीलाई राहत महसुस गराउन र लोकतान्त्रिक पद्यतीलाई अक्षुर्ण राख्न र सरकारका अराजक गतिबिधी रोक्न विचार समाज शसक्तरुपमा लाग्ने वताइएको छ।

त्यसैगरी वरिष्ठ पत्रकार एबं प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले नेपालको संविधान २०७२ पाँचवर्ष पुगेको अवसरलाई आजको दिन “गुरुत्व” दिन भएको बताउनु भयो । लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट समाजवादमा तात्यिक भिन्नता रहेको बताउनुहुंदै अहिले देशमा कम्युनिष्टको सरकारले गैह्र लोकतान्त्रिक आचरणवाट सरकार सञ्चालन गरेको टिप्णी गर्नुभएको छ। संविधानप्रदत्त लोकतान्त्रिक आचरण अनुकुलको समाजवाद लुकाएर आफु अनुकुलको समाजवादकोे ब्याख्या नगर्न सरकारलाई पत्रकार वाग्लेल आग्रह गर्नु भएको छ।

प्रजातान्त्रिक विचार समाज नेपाल सुदुरपश्चिम प्रदेशले आयोजना गरेको वयभिङ्ग कार्यक्रममा शुभकामना दिनेमा केन्द्रीय महासचिव गोकर्ण अर्याल, महिला वष्ठि उपाध्यक्ष डाक्टर विमला शाक्य, उपाध्यक्ष डाक्टर ईश्वरी राज लौडारी केन्द्रीय सदस्य बासदेभ भण्डारी, डाकटर बीरबहादुर कार्की, सिवि मल्ल, एक नं प्रदेश संयोजक बदी तामाङ्ग,२ नं प्रदेश संयोजक चुन्नीशरण यादव, गण्डकी प्रदेश संयोजक एबं प्रविधि संयोजन कर्ता डाक्टर अक्कलदेभ मिश्र, ५ नं प्रदेश संयोजक शंकर दिवस मजगैयाँ, र नवनिर्वाचित सुदुरपश्चिम प्रदेश संयाजक लक्ष्मीराज पण्डित , सल्लहाकारहरु र शुदुपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले शुभकामना मञ्तब्य राख्नु भएको थियो । लोकतन्त्र खतरामा पर्दा आ-आफ्नो क्षेत्रबाट विचार र प्रबाहको माध्याम वाट रक्षा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रजातान्त्रिक विचार समाज शुदुरपश्चिम प्रदेश सँयोजक प्राध्यापक डाक्टर लक्ष्मीराज पण्डितको अध्यक्ष्तामा गठित १५ सदस्यीय प्रदेश कार्यसमितीलाई आजै केन्द्रीय समितीले अनुमोदन गरेको कार्यक्रमका प्रमुख अध्यक्ष एबं केन्द्रीय अध्यक्ष डाक्टर केदारनर्सिं केसीले जानकारी दिनुभएको छ। प्रदेश कार्यसमितीमा बेदराज जोशी सचिव, सामसिंह मौनी कोषाध्यक्ष, नौवटै जिल्लाका अध्यक्ष पदेन सदस्य रहने छन् ।

प्रदेश सललाहकारमा डाकटर भोजराज पन्त , शुरेन्द्र चन्द, धर्मदेब भट्ट, योगयराज पाठक, टेकराज जोशी, लाई सर्बसम्मत चयन गएिको बताइएको छ । नवगठित समितिका अध्यक्ष पण्डितले निकट भविश्यमा शुदुरपश्चिममा बौद्धिक भेलाको आयोजना गरी लोकतन्त्रको रक्षाका निम्ती बैचारिक वहस छलफल चलाउने प्रतिवद्धता जाहेर गर्नुभएको छ। कार्यक्रममा देशभरीका सय बढी लोकतन्त्रवादी बौद्धिक ब्यक्तीत्वको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्