सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम पदकबाट डा.सन्दुक रुईत बिभुषित



भगवती तिमल्सिना,काठमाडौँ ।

संविधान दिवसको अवसरमा सरकारले ७७ जना स्वास्थ्यकर्मीहरुलाई विभिन्न मानपदवी तथा अलंकारबाट विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान गरेका व्यक्तिहरुलाई दिइने यो पदवीबाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउँनुभएको र कोरोना संक्रमणका बेला अग्रपंक्तिमा रहेर अनवरत रुपमा सेवा पुर्याउँने स्वास्थ्यकर्मीहरुलाई विभुषित गर्नुभएकोछ ।

नेपालको सुप्रसिद्ध प्रवल जनसेवा प्रथम पदक तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुईतले प्राप्त गर्नुभएकोछ । प्रत्येक बर्ष झै यस बर्ष पनि संविधान दिवसका अवसरमा स्वास्थ्य सेवामा उत्कृष्ठ काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, नर्सहरु गरि स्वास्थ्य क्षेत्रमा कार्यरत ७७ जनालाई विभिन्न पदकबाट विभुषित गरिएको छ ।

सुप्रवल जनसेवा श्री (तृतीय) अलंकारबाट शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवाली, क्षेत्रिय निर्देशक स्वास्थ्य निर्देशनालय सुदुर पश्चिम प्रदेशका डा.गुणराज अवस्थि, प्रमुख कन्सल्टटेन ट्रपिकल मेडिसिन, शुक्रराज अस्पतालका डा.अनुप बास्तोला, प्रमुख मेसु नारायणी अस्पताल वीरगंजका डा.मदनकुमार उपाध्याय लगायत १३ जना चिकित्सकहरु विभूषित हुनुभएको छ ।

त्यसैगरी किर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट विश्वव स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.जोश भ्यान्देलियर र नेपाल एपीएफ अस्पतालका डा.रोशन कुमार झा बिभुषित हुनुभएको छ । त्यसैगरी प्रवल जनसेवा श्री चर्तुथबाट नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा.सुदीप श्रेष्ठ, बरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झा लगायत ५२ जना विभुषित हुनुभएको छ । त्यसैगरी जनसेवा श्री पन्चमबाट ८ जना र परमपौरख भाष्कर पदवीबाट ४ जना स्वास्थ्यकर्मी तथा प्राविधिकहरु विभुषित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्