घुम्थाङ पहिरोमा घर क्षति भएकालाई यूवा संघले जस्तापाता दिने



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

घुम्थाङ पहिरोमा घर क्षति भएका परिवारलाई नेकपा निकट राष्ट्रिय यूवा संघले अस्थायी संरचना निर्माणका लागी जस्तापाता दिने भएको छ । शनिबार पीडित प्रभावितका लागी खाद्यान्न राहत बोकेर घुम्थाङ क्षेत्र आइपुगेको यूवा संघ केन्द्रिय नेतृत्वले घर क्षति भएका पहिरो पीडितलाई जस्तापाता ल्याई अस्थायी संरचना ठड्याइदिने उद्घोष गरेको हो ।

‘जो जसको घर क्षति भएको छ उहाँहरुको लागि तत्काल अस्थायी बासस्थान निर्माणमा हामी सघाउ गछौँ’, यूवा संघका संयोजक रामप्रसाद सापकोटाले भन्नुभयो, ‘स्थानीय सरकारसँग समन्वय गरि हामी आवस्यक जस्तापाता उपलब्ध गराउनेछौँ ।’

घुम्थाङ पहिरोका पीडित तथा प्रभावितलाई यूवा संघले राहत सहयोग प्रदान गरेको छ । शनिबार पहिरो प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर आएको राष्ट्रिय यूवा संघको केन्द्रिय नेतृत्वले राहतस्वरुप अत्यावस्यक खाद्यान्न प्रदान गरेको हो ।

संघका संयोजक रामप्रसाद सापकोटाको नेतृत्वमा दाल, चामल, नुनतेल लगायतका राहत सामाग्री ल्याएर पीडित प्रभावितलाई प्रदान गरिएको हो । बाह्रबिसे नगरपालिकासँग समन्वय गर्दै पहिरो प्रभावितका अस्थायी आवासमा राहत पु¥याइएको यूवा संघका केन्द्रिय सदस्य बच्चनबहादुर सिँहले बताउनुभयो ।

यूवा संघले बाह्रबिसेलाई बिपत पर्दा निरन्तर राहत सहयोग गर्दै आएको भन्दै बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिनले यूवा संघको नेतृत्वलाई धन्यवाद ब्यक्त गर्नुभयो । यसअघि जम्बु बाढीमा यूवा संघको जिल्ला नेतृत्वले आर्थिक सहयोगसँगै कठिन अवस्थामा रहत सामाग्री पीडितसम्म पु¥याएको स्मरण गर्नुभयो ।

‘यूवा संघ हाम्रो दुखमा सँगसँगै छ, बाढी पहिरो पीडित जनताका तर्फबाट धन्यवाद दिन चाहन्छु’, उपमेयर पाख्रिनले भन्नुभयो । पहिरो पीडितका लागि राहत वितरणका क्रममा नेकपाका नेता सरल सहयात्री, यूवा संघका केन्द्रिय तथा जिल्ला तहका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्