कोरोना महामारीका कारण सडक कालोपत्रे प्रभावित : मजदुर ल्याउन समस्या



न्युज अफ नेपाल,पर्वत ।

पर्वतमा कोरोना महामारीको प्रभावका कारण दर्जन भन्दा बढी सडक कालोपत्रे गर्ने काम प्रभावित भएको छ । लकडाउनपछि घर फर्केका मजदुर ल्याउन कठिन भएका कारण कालोपत्रे प्रभावित भएको छ । लक डाउनपछि एक दुई वटा सडकमा छिटफाट काम थालिएपनि सडक पूर्वाधारको काम भने अलपत्र भएको छ । भारत तथा तराईबाट कामदार आउन कठिन भएका कारण काम ठप्प भएको कार्यालयहरुले जनाएका छन ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास वैरागीले पर्वतमा अघिल्लो वर्ष सम्पन्न हुनुपर्ने ४३ ओटा सडकको स्तरोन्नति सहित सात ओटा ठूला आयोजनाका सडकको काम रोकिएको छ । ‘नेपाली कामदारले मात्रै कालोपत्रको काम गर्न नसक्ने रहेछन,’ उहाँले भन्नुभयो ‘कोरोना महामारीका कारण भारतीय कामदार ल्याउन सकिएन, जसले गर्दा कालोपत्रेको काम प्रभावित भएको छ ।’

मजदूर नहुँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर सहित ९ ओटा सडकको काम रोकिएको छ । ग्रामीण क्षेत्रका सडक सहित सदरमुकाम कुश्माको भित्री सडक र वाहिरी चक्रपथको कालोपत्र गर्ने काम पनि अलपत्र छ । लकडाउनपछि घर फर्किएका यहाँका आयोजनामा कार्यरत मजदूरहरू पुनः काममा फर्किन पाएका छैनन्।

गत आर्थिक वर्षभित्रै सक्ने गरी सम्झौता भएका चिसापानी–हुवास १० किलोमिटर, कुश्मा–दुर्लुङ ५ किलोमिटर, सिल्मी–कार्कीनेटा साढे ५ किलोमिटर कालोपत्रको अन्तिम चरणमा थिए । दोबिल्ला–फलेवास, हिलेखोला–कार्किनेटा, अर्मादी–बनौँ सडकको कालोपत्र पनि अलपत्र अवस्थामा रहेको बैरागीले जानकारी दिए । प्रदेश मातहतको पूर्वाधार कार्यालय बाहेक स्थानीय तह र संघीय सरकार मातहत मर्मत र स्तरोन्नति हुनुपर्ने सडकको काम रोकिएको छ ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको २४ किलोमिटर र कालीगण्डकी कोरिडोरको ७ किलोमिटर कालोपत्र गर्ने योजना पनि पूरा हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापामगरले असारसम्म पर्वत खण्ड सक्ने सम्झौता रहेकोमा म्याद थप्ने तयारीमा रहेको जानकारी दिनुभयो । मध्यपहाडीको पर्वत खण्डमा केही कामदार आएर काम शुरु हुँदैछन ।

कालीगण्डकी लोकमार्गका लागि आएका मजदुर पिसिआर परिक्षण नगरेका कारण फर्काइएको छ । पूर्वाधार कार्यालयले गत आर्थिक वर्षमा सकिने सबैजसो योजनाको कम्तीमा ६ महीना म्याद थप गरेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।
कामदार ल्याउनका लागि स्थानिय प्रशासनले भने नरोकेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सबै आयोजनाहरुमा कामदार ल्याउन सधै सकारात्मक भएर सिफारिस दिएपनि पिसिआर परिक्षण र क्वारेन्टाईनको मापदण्ड पालना गर्न कठिन मानेका कारण अहिले सम्म धेरै कामदार ल्याउन निर्माण ब्यबसायी अनिच्छिुक देखिएको बताउनुहुन्छ । यस अघि आफै पिसिआर गरेर ७२ घण्टा भित्र कामदार ल्याउन स्विकृति दिइएको थियो। पछिल्लो समय यातयात खुलेपछि कामदार आउने देखिएको छ । सम्बन्धित पालिका र निर्माण ब्यबसायीको समन्वयमा काम अगाडी बढाउन अबरोध

प्रतिक्रिया दिनुहोस्