‘कुलमान आऊ, उज्यालो बनाऊ’



न्युज अफ नेपाल,हेटौंडा ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै बाइक -याली निकालिएको छ । प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति माग गर्दै मकवानपुरको बागमती गाउँपालिका कार्यालयपरिसरबाट -याली निकालिएको हो ।

करिब २ सय जनाको टोली बाइकमा प्लेकार्डसहित ¥यालीमा सहभागी भए । प्लेकार्डमा ‘कुलमान आऊ, उज्यालो बनाऊ’, ‘उज्यालो बेचुवाहरु होशियार’, ‘उज्यालोका नायक कुलमान घिसिङलाई पुनःनियुक्ति’ गर जस्ता नारा लगाउँदै -याली भएको हो ।

-याली पाँचपाण्डब, लम्कना, माझगाउँ हुँदै राईगाउँ पुगी पुनःपालिका कार्यालयमा कोणसभामा परिणत भएको थियो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी औपचारिकरुपमै बिदा हुनुभएका घिसिङलाई पुनर्नियुक्ति दिनुपर्ने उनीहरुको भनाइ छ ।

लोडसेडिङ अन्त्य गराएर उज्यालो नेपालका संवाहक बन्नुभएका उहाँलाई पुनर्नियुक्ति माग राखेर देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्