जुगलको विपत्तिमा पतञ्जली काभ्रेको सहयोग



मोतीराम तिमल्सिना,काभ्रे ।

पतञ्जली योग समिति काभ्रेले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको पहिरो र त्यसबाट विस्थापित घर परिवारका लागि गाउँपालिका मार्फत खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ । बनेपाको पतञ्जली योग भवनमा आयोजित कार्यक्रममा पतञ्जली योग समिति काभ्रे मार्फत जुगल गाउँपालिकाका उपाध्यक्ष श्रृजना तामाङलाई राहत सामाग्री उपलब्ध गराईएको हो ।

पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजले, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमलकृष्ण अधिकारी, पञ्तजली योग समिति काभ्रे महिला समिति अध्यक्ष अञ्जना श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, महामन्त्री प्रकाश कायष्ठ, रोटरी क्लव काभ्रेका अध्यक्ष सुर्यप्रभा शाक्य, पुर्व अध्यक्षहरु रुकमणी सिग्देल, भुवन मानन्धर, काभ्रे जेसिज अध्यक्ष निकेश श्रेष्ठ, महिला जेसिज अध्यक्ष भगवती श्रेष्ठ, सुलभ सहकारीका अध्यक्ष विक्रम भैल, भोमी बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठ लगायतले गाउँपालिका उपाध्यक्ष श्रृजना तामाङलाई हस्तान्तरण गरेका थिए ।

नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले पतञ्जली योग समितिको सहयोगले जुगल गाउँपालिकामा पुगेको क्षतिमा मल्हम लगाउने प्रयासको प्रशंसा गर्दै मानविय संवेदनामा सहयोग पु¥याउनु अनुरोध गर्नु भएको थियो ।

सोहि अवसरमा पतञ्जली योग समितिले ३० केजी तौल भएको चामल ६६ बोरा, दाल ९० किलो, तेल ६५ लिटर, नुन १ सय ६५ प्याकेट, साबुन १ सय ५० वटा, दालमोठ ६५ प्याकेट, मस्यौरा १ सय ३० प्याकेट, चिउरा २० केजी तौल भएको ४ बोरा, विस्कुट १० बाकस, स्टिल थाल ३५ वटा, स्टिल बाटा ५ वटा, टिफिन बाक्सा २ वटा र लुगाहरु २१ बोरा हस्तान्तरण गरिएको थियो ।

जुगल गाउँपालिका उपाध्यक्ष श्रृजना तामाङले विपदको बेला गरिएको सहयोगले महत्वपूर्ण अर्थ राख्ने भएकाले सहयोगलाई सानो ठुलो नभनीदिन अनुरोध गर्नु भयो ।

छिमेकी जिल्लामा भएको पीडामा सहयोग पु¥याउने पतञ्जली योग समिति मार्फत विभिन्न संघ संस्था र ब्यक्तिहरुलाई तामाङले धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले विपदमा सहयोग पु¥याउने पतञ्जली लगायतका विभिन्न संघ संस्थाहरुलाई धन्यवाद दिनु भएको थियो ।

योग मार्फत भएको जोडलाई निरन्तरता दिन उहाँले अनुरोध गर्नु भएको । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले जुरे पहिरो, भुकम्प तथा त्यस पछिका हरेक विपतीमा पतञ्जली योग समिति नागरिकहरुकै सेवामा सक्रिय भईरहेको बताउनु भयो ।

जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठले जिल्लामा भएको विपत्तिमा मात्रै नभई पतञ्जली विभिन्न स्थानमा भएको विपतिमा सहकार्य गरिरहेको बताउनु भयो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका कारण ६५ घर विस्थापित भएका छन् । कयौले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्