झापा कारागारबाट १३ कैदी छुटे



न्युज अफ नेपाल, भद्रपुर ।

कारागारमा कैद भूत्तान गरिहेका कैदीबन्दीमध्ये १३ जनाले माफि मिनाहा पाएका छन् । संविधान दिवसको अवसरमा झापा कारागारबाट उनिहरुले माफि मिनाहा पाएको झापा कारागारका जेलर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

माफि मिनाह पाउनेमा शान्तिराम भट्टराई, रामु भन्ने राम दर्जी, अनिल कटवाल, राजु शेर्मा लिम्बू, लोदे सोरेन, अनिष प्रसाई, द्रोर्णाचार्य सङ्ग्रौला, इन्द्र राजवंशी, रोशन खड्का, टेकनाथ चौधरी, कृष्ण हमतो, राजकुमार ऋषिदेव र हरिभक्त सङ्ग्रौला रहेको उहाँले जनाउँनुभयो ।
कानूनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दा वाहेक असल चालचलन भइ तोकिएको कैदमा असोज २ गतेसम्म ५० प्रतिशत कैद भूत्तान गरेका बन्दीले माफि मिनाहा पाएको उहाँको भनाइ छ । झापा कारागारबाट १९ जनाको सिफारिस पठाएकोमा नेपाल सरकार मन्त्री परिषदको निर्णयले राष्ट्रपतिबाट बाँकी कैद मिनाह भूत्तानीको १३ जनाको स्वीकृत भएर आएको उहाँले बताउँनुभयो ।

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन,२०७४को दफा ३७,फौजदारी कसूर(कैद कट्टा) नियमावली, २०७६ बमोजिम संलग्न विवरण अनुसारका कैदीहलाइ बाँकी कैद छोट्याइ माफि मिनाहा दिने निर्णय भएको थियो । हाल कारागारमा एकहजार ७३ पुरुष र ५ आश्रित(बालबालिका)सहित ८१ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्