निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री पुन परिवारसहित होम आइसोलेसनमा



न्युज अफ नेपाल, काठमाडौँ ।

निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् । मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्