गायक तुलाधरको यः मां म्युजिक भिडियो बजारमा



न्युज अफ नेपाल,काठमाडौँ ।

गायक सलिलसुन्दर तुलाधरको यः मां नामक भाषाको म्युजिक भिडियो बजारमा आएको छ ।

आमा रुपशोमा तुलाधरको वार्षिक तिथिको अवसर पारेर सो म्युजिक भिडियो बजार ल्याइएको हो । सो भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।गायक तुलाधरले आफ्नी आमा ४५ औं दिनको तिथिमा गीतको रेकर्ड सम्पन्न गरेका थिए ।

 गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रणबहादुर ताम्राकारले गीतको रचनामा सहयोग गरेका थिए । मतिना प्रोडक्सनद्वारा तयार पारिएको सो भिडियो मञ्जु श्रेष्ठ, दिपक मगर र संर्निका राजोपाध्यायले अभिनय गरेका थिए । विजु कर्माचार्यद्वारा निर्देशित सो म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन् ।त्यसैगरी सह निर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन् ।

आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ । यस गीतका गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यस पूर्व पनि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसकेका छन् ।

यसैगरी नेपाल भाषा संगीतमा पनि छपला एल्बम, मखं त्वा या कायमचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्