सेनाद्वारा गोसाइकुण्ड पदमार्गमा रेलिङबार निर्माण



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको प्रमुख धार्मिक एवम पर्यटकीय स्थल गोसाईकुण्ड आवत जावत गर्न सहजताको लागी नेपाली सेना कालिजंग गणले भिरको बाटोहरुमा रेलिङबार लगाएपछि पदयात्रामा सहजता भएको छ ।

नेपाली सेनाको सैनिक-नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तरगत गोसाईकुण्ड मार्गको बुद्ध मन्दिर देखि गोसाईकुण्डको दुई दशमलव ५८ किलोमिटर अप्ठ्यारो भिरको बाटोमा रेलिङबार बनाई। गणले चोलाङपाटीमा ४० फिट लम्बाई २० फिट चौडाईको विश्राम घर लगाएत भुकम्पले भत्केको बुद्ध मन्दिरको पुननिर्माण र केही अप्ठ्यारो बाटो मर्मत समेत गरेको छ ।

बुद्ध मन्दिरमा हेलिप्याड निर्माण गणेश गैडा बुद्ध मन्दिर र गोसाईकुण्डमा विश्राम स्थल निर्माण गरेको छ । यहि असोज ११ गते गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको र प्रधान सेना पतिको निर्देशन सहित लक्ष्य अनुसार छिटो लाभ पुग्ने योजना अन्तरगत रेलिङबार निर्माणको लागि ५० लाख बजेट आएको थियो । टेन्डर गर्दा अमृत घले निर्माण सेवाले निर्माण सामग्री तथा आपुर्ति को ठेक्का ३५ लाख ६ हजार ६ सय ६२ रुपैयाँमा सम्झौता गरेको थियो । गणले १० लाख १२ हजार तिन सय ६९ रुपैया बराबरको श्रमदान गरेको छ । २०७६ माघ १५ गते सम्झौता गरेर काम सुरु गरेको यो योजना असोजकै पहिलो हप्ता निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

अहिले रेलिङबारमा रङ लगाउने पाटी निर्माण र वुद्ध मन्दिरको काम थोरै बाकी रहेको छ । गणका सहसेनानी रामभक्त आचार्यको नेतृत्वमा अधिकृत पदिक गरि ३६ जनाले गत जेठ महिना देखि निर्माणमा अहोरात्र खटिरहेका छन । कोरोनाको असहज परिस्थिती र वर्षातको प्रवाह नगरी गणले निर्धारित समयमै तोकिएको जिम्मेवारी पुरा गर्ने गरी खटिरहेको छ । गणमा कार्यरतका तर्फबाट गोसाईकुण्डमा रहेको शिव मन्दिरमा ५५ किलोको घन्ट समेत चढाएको छ ।

लामटाङ राष्ट्रिय निकुन्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले जिल्लाको सुरक्षाको साथसाथै जिल्लावासीको दैनिक जिवनलाई प्रत्यक्ष सेवा पुग्ने कार्य समेत गर्दै आएको छ । निकुन्जको वाडेन सुस्मा रानाले गणले निकुन्ज क्षेत्रमा उत्कृष्ट रुपमा संरक्षण गरिरहेको समेत बताउनु भयो ।

रसुवाबासीमा दैनिक जिवनलाई फाईदा र सहजता पु¥याउने कार्य सेनाले गर्दै आइरहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुु भयो । गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ का सोनाम छिरिङ तामाङले सेनाको प्रशंसा गर्दै भन्नु भयो । गोसाईकुण्ड मार्गको सब भन्दा अप्ठ्यारो क्षेत्रमा रेलिङबार बाटो मर्मत विश्रामघर, विश्रामस्थल बुद्ध मन्दिर पुर्ननिर्माण र गोसाईकुण्डमा रहेको शिव मन्दिरमा सरसफाई गरि घन्ट राखिदिएको कारण ले तिर्थ यात्रीहरुलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्