काठमाडौं महानगर क्षेत्रका ४४४ कोरोना संक्रमित सम्पर्कविहीन



ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगर क्षेत्रका ४४४ जना कोरोना संक्रमित सम्पर्कबिहीन भएका छन् । शुक्रबार अपरान्हसम्म ४४४ जना संक्रमित सम्पर्कबिहीन रहेका काठमाडौं महानगरपालिकाले एक तथ्यांक सार्वजनिक गरेको छ ।

बिहीबारसम्म ४२४ जना सम्पर्कबिहीन रहेकामा शुक्रबार थप २० जना संक्रमित सम्पर्कबिहीन भएका हुन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ । कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ ।

गलत सूचना उल्लेख गरेर संक्रमित भएको जानकारी हुनेबित्तिकै फरार हुनेको संख्या सरकारले गोप्य राखेको छ । कामपाले भने सबै विवरण पारदर्शी गर्र्नुपर्ने भन्दै लिस्ट सार्वजनिक गर्ने गरेको छ ।

यो पनि…

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन

प्रतिक्रिया दिनुहोस्