कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा मृतकको संख्या ३९० पुगेको छ। आज मृत्यु हुनेमा २ महिला र ५ पुरुष गरी ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्