बाजुरामा गएको बाढीमा परी ३ जना बेपत्ता



न्युज अफ नेपाल, बाजुरा ।

बाजुराको हिमाली गाउँपालिका–५ कवाडीमा वर्षाका कारण आएको बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

घटना भएको ठाउँ सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दूरीमा रहेका कारण घटना शुक्रबार मात्रै थाहा पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीन जना बेपत्ता हुनुका साथै दर्जन बढी घरमा क्षति भएको छ । बिहीबार दिउँसो माछा मार्न सुपाना खोलामा गएका ३ जना बेपत्ता भएका छन् । क्षती विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बाढीले ३ वटा आधुनिक, ४ वटा परम्परागत घट्ट, ३ वटा काठेपुल बगाउनुका साथसाथै १० वटा घर सहित धानबालीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्