डा. केसीको माग र स्वास्थ्य स्थितिका बारेमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण



न्यूज अफ नेपाल, काठमाडौ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा मिति २०७७ भाद्र २९ गते सोमबारदेखि १९ औं सत्याग्रहमा बस्नु भएको छ ।

चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. के.सी.ले बिगत ५ दिनदेखि शुरु गर्नुभएको सत्याग्रहका सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै पनि चाँसो व्यक्त नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

६० बर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको व्यहोरा सबैमा विदितै छ ।

गुस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भिर रुपमा मनन गरी अबिलम्ब बार्ताद्वारा जायेज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्