एक किलो ड्रग्ससहित राहिल विश्राम पक्राउ



काठमाडाैं ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ड्रग्सको विषय अनुसन्धान भइरहे बेला नारकोटिक्स कन्ट्रोल ब्युरोले तीन ड्रग्स गिरोहको खुलासा गरेको छ । एक तस्कर राहिल विश्रामलाई पक्राउ परेका छन् ।

उनको साथमा उच्च कोटीको १ किलो ड्रग्स र ४ लाख रुपैयाँ बरामद भएको छ ।

राहिलको सम्बन्ध शोविक र इब्रहिमसँग पनि रहेको छ ।

भारतीय मिडियाले बताए अनुसार राहिलको सम्बन्ध रिया चक्रवर्ती र अनुज केसवालीसँग पनि रहदै आएको छ ।

साथै उनले बलिउडका निर्देशक तथा निर्माता र कलाकारहरुसँग पनि ड्रग्सको कारोबार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्