‘यो मेरो सपना र आत्म-सम्मानको बलात्कार हो’ भन्दै कंगनाले शेयर गरिन भत्किएको अफिसको तस्वीर



काठमाडौं । अभिनेत्री कंगना रनापतले सामाजिक सञ्जालमा भत्किएको मुम्बई अफिसको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

जसको केही भाग बृहन्मुंम्बई नगर सीमा (बीएमसी) ले अघिल्लो हप्ता अवैध रुपमा निर्माण भएको भन्दै भत्काएको थियो ।

ट्वीटरमा उक्त तस्बिर सेयर गर्दे कंगनाले ठ्वीटको सिरिजमा कांग्रेसलाई ट्याग गरेकी छन् ।

उनले ट्वीटमा लेखेकी छन्–यो मेरो सपना , मेरो आत्मसम्मन र भविष्यको बलात्कार हो । सेप्टेम्बर ९ मा जब कंगना मनालीबाट मुमबई आएकी थिइन् त्यही समयमा बीएमसीले कंगनाको अफिसमा अवैध निर्माण भन्दै डोजर चलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्