कोरोना संक्रमणबाट ललितपुरकी ६६ वर्षीय महिलाको मृत्यु



काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् ।

साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको बिहीबार मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्