कंगना रनावत भन्छिनः ‘रक्षकले नै भक्षक बन्ने योजना बनाएपछि भारी मनले मुम्बई छोड्दै छु’



काठमाडौं । सोमबार विशान अभिनेत्री कंगना रनावत आफ्नो बहिनी रंगोलीको साथमा मनाली निस्केकी छन् ।

मनाली यात्रामा निस्कनु अगाडीले कंगनाले दुई ट्वीट मार्फत महाराष्ट्र सरकारमाथि निसाना लगाएकी छन् ।

आइतबार राती कंगनाको विषयमा मुम्बई बीएमसीले एक सूचना जारी गरेको छ । यो सूचना कंगनाको आर स्थित निर्माण गरिरएको भवनको विषयमा रहेको छ ।

बीएमसीले बताए अनुसार कंगनाले आफ्नो घर उनको छिमेकीको नियमको उल्लंघन गर्दै अवैध रुपमा निर्माण गरेकी छन् । मुम्बइबाट निस्कनु अगाडी कंगनाले पहिला एक ट्वीट गरेकी छन् जसमा लेखिएको छ –‘भारी मनले मुमबई छोड्दै छु’

कंगनाले अर्को ट्ीवीटमा लेखेकी छन् –‘जब रक्षक नै भक्षक बन्न्े योजना बनाइरहेको छ भने लोकतन्त्रको चिरहरण गरिहेको छ । मलाई कमजोर सम्झेर डूलो गल्ती गरिरहनु भएको छ । एक महिलालाई डराइर निच देखाएर आफ्नो इज्जतमा दाग लगाइरहेका छन् ’

आफ्नो निडरतालाई आत्मसाथ गर्दै अगाडी बढिरहेकी अभिनेत्री कंगनाको कार्यलयमा केही दिन अगाडी बीएमसीले डोजर चलाएको थियो । त्यस लगतै उनी आफ्नो विचारको साथमा बीएमसी बिरुद्ध आवाज उठाइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्