सुशान्तसिंह राजपुतको मृत्युको कारण हत्या कि आत्महत्या ? आज ‘भिसरा रिपोर्ट’ आउँदै



काठमाडाैं ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले ३४ वर्षको उमेरमा आत्महत्या गरे ।

उनको मृत्युको ३ महिनाबढी भइसकेको छ ।

तर अझै पनि त्यसको वास्तविक कारण सार्वजनिक भएको छैन ।

नेपोटिज्मको सिकार भएका भनिएको सुशान्तको केस यतिबेला ड्रग्सको विषयमा पुगेको छ ।

उही आरोपमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीसहित केही व्यक्ति पक्राउ परेका छन् ।

सीबीआइले यस विषयमा गहिरो अनुन्धान गरिरहेको छ ।

तर सुशान्तको मृत्यु हत्या कि आत्महत्या भन्ने विषयमा आज भिसरा रिपोर्टले केही कारण खुलाउने छ ।

भिसरा रिपोर्टमा सुशान्तको मृत्युको कारण आउँने छ ।

यो भन्दा अगाडी कलिना फोरेन्सिकले आफ्नो रिपोर्टमा भिसरा रिपोर्ट नेगेटिभ आएको बताएको थियो ।

अब सार्वजनिक हुने रिपोर्टमा सुशान्तको २० प्रतिशत भिसरा मात्र प्रयोग भएको छ ।

यो भन्दा अगाडी मुम्बई प्रहरीले सुशान्तको ८० प्रतिशत भिसरा प्रयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्