पीएसजीको पहिलो जित



लन्डन, (एजेन्सी)

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानको नयाँ सिजन २०२१÷२१ मा पहिलो जित दर्ता गरेको छ।
फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको लिगको तेस्रो खेलमा पीएसजीले आफ्नै घरेलु मैदानमा पाहुना टोली मेटजमाथि १–० गोलको कठिन जित निकाल्दै तीन अंक जोड्न सफल भएको छ।

नेयमार, क्लियन एमबाप्पे, माउरो इकार्डीजस्ता स्टार खेलाडीविनाको पीएसजीलाई जितका लागि निर्णायक गोल गर्न इन्जुरी समयसम्म कुर्नुपरेको थियो। प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई सिजनको पहिलो जित दिलाउन इन्जुरी समयमा जुलियन ड्रेक्सलरले गोल गरे।

त्यसअघि खेलको ६५औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेंलो कार्डको शिकार हुँदै मैदान छाडेका थिए। यो जितपछि पहिलो खेल जितेर ३ अंकसहित पीएसजी लिग तालिकाको १५औं स्थानमा रहेको छ। यसअघि पीएसजी शुरुआतका दुवै खेलमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्