मेक्सवेल र केरीको सहयोगमा अस्ट्रेलियालाई सिरिज



लन्डन, (एजेन्सी)
ग्लेन मेक्सवेल र एलेक्स केरीको कीर्तिमानी २ सय १२ रनको साझेदारीको सहयोगमा अस्टे«लियाले इंग्ल्यान्डविरुद्धको ३ खेलको सिरिज २–१ ले जितेको छ ।

बुधबार राति ओल्ड ट्राफोर्डमा भएको तेस्रो तथा निर्णायक खेलमा अस्टे«लियाले ३ सय ३ रनको लक्ष्य पँरा गर्दै सिरिज हात पारेको हो। टोलीको जितमा मेक्सवेलले ९० बलमा १ सय ८ रन जोडे भने केरीले १ सय ६ रन बनाएका थिए। यी दुवै ब्याट्सम्यानले ७३–५ को दयनीय स्थितिमा पुगेको टोलीको ब्याटिङलाई सानदार ब्याटिङ गरेर उकासेका थिए।

मेक्सवेल र केरीले छैठौं विकेटका लागि २ सय १२ रनको साझेदारी गरेर १४ वर्षअघिको कीर्तिमानलाई तोडेका हुन्। २००६ मा वेस्ट इन्डिजविरुद्ध अस्टे«लियाका लागि ब्राड हेडिन र माइक हसीले गरेको १ सय ६५ रनको कीर्तिमानी साझेदारीलाई उनीहरूले ओझेलमा पारेका थिए। तर, जितको निकट पुग्दा मेक्सवेल र केरी दुवै ब्याट्सम्यान आउट भएका थिए।

मेक्सवेल आदिल रसिदको बलमा आउट भएपछि केही रन जोड्दा केरीलाई जोफ्रा आर्चरले आउट गरेका थिए। त्यतिबेलासम्म अस्टे«लिया जितबाट १० रन टाढा थियो र अन्तिम ओभरमा सो आवश्यक रन जोडेर अस्टे«लियाले इंग्ल्यान्डलाई निराश तुल्याएको थियो। मिचेल स्टार्कले दुई बलमा क्रमशः छक्का र चौका प्रहार गर्दा अस्टे«लियाले २ बल बाँकी रहँदै ३ विकेटको जित हासिल गरेको थियो।

योसँगै इंग्ल्यान्डको पछिल्लो ५ वर्षमा वानडे सिरिजमा अपराजय क्रम पनि तोडिएको छ। यो इंग्ल्यान्डले यस सिजनमा गुमाएको पहिलो वानडे सिरिज पनि हो। टोलीका लागि जोनी बेयरस्टोले १ सय १२ रनको सानदार इनिङ खेलेका थिए। उनको सहयोगमा इंग्लिस टोलीले ७ विकेटको क्षतिमा ३ सय २ रनको बलियो योगफल तयार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्