फिल्म उद्योग चलायमान बनाउन माग



नेपाल चलचित्र कलाकार संघले लकडाउन र निषेधाज्ञाका कारण थला परेको फिल्म उद्योगलाई चलायमान बनाउन माग गरेको छ।
संघले एक विज्ञप्ति जारी गरी बिहीबारदेखि सबैजसो व्यापार व्यवसाय तथा यातायातसमेत सञ्चालनमा आएको अवस्थामा फिल्म क्षेत्र तथा फिल्मकर्मीसँग प्रत्यक्ष सरोकार राख्ने सिनेमा घरदेखि छायांकनसम्म भौतिक दँरी र स्वास्थ्य मापदण्ड अपनाएर पुनः सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो।
सरकारले चीनको उहानमा कोरोना संक्रमण देखिई विश्वका अन्य देशमा फैलन थालेपछि नेपालमा संक्रमण नभित्रँदै चैत ११ गते लकडाउन लगाउनुअघि नै फिल्म क्षेत्र तथा मनोरञ्जन विधाका अन्य गतिविधिमा रोक लगाउँदै आएको छ। हाल अन्य क्षेत्रलाई स्वास्थ्य मापदण्ड अपनाएर खुला गरिए पनि फिल्म प्रदर्शनलगायतका गतिविधिमाथिको रोक कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्