दुई देशबीचको सम्बन्ध सुदृढ हुने अपेक्षा



नयाँदिल्ली, (एजेन्सी)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत दुई मुलुकबीचको सम्बन्ध थप सुदृढ हुने आशामा रहेको बताउनुभएको छ ।
उहाँले नेपालका आफ्ना समकक्षी केपी शर्मा ओलीले आफ्नो जन्मोत्सवका उपलक्ष्यमा दिनुभएको शुभकामनाको प्रत्युत्तरमा बिहीबार सो कुरा बताउनुभएको हो ।

मोदीले साझा संस्कृति र इतिहासमा आधारित भएर भारत–नेपालबीचको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गर्नुभएको छ ।
त्यसअघि प्रधानमन्त्री ओलीले ट्विटरमार्फत नै मोदीको ७०औं जन्मोत्सवको शुभकामना व्यक्त गर्ने क्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन दुवै नेता निरन्तर निकट रहेर काम गर्ने बताउनुभएको थियो । साथै उहाँले मोदीको सुस्वास्थ र सुखको पनि कामना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्