लागु औषध सहित गभर्नर पक्राउ



गुना याला,(एजेन्सी)

पानामाका प्रहरीले ७९ वटा अवैध लागु औषधको प्याकेट राखिएको कारमा यात्रा गरिरहेका अवस्थामा दुई जना व्यक्तिलाई गिरफतार गरेका छन् । स्थानिय संचार माध्यमले पक्राउ परेका मध्ये एकजना गुना याला गर्वनर एरिक मार्टेलो रहेको पुष्टि गरेका छन् । गिरफतार गरिए लगत्तै उनलाई पदबाट वर्खास्त गरिएको बताइएको छ ।

प्रहरीले एउटा भरपर्दो सुराकको आधारमा मंगलबार बिहान सवेरै सडकमा अवरोध तेर्साएर सवारी साधनहरु जाँच्ने क्रममा सो कार फेला परेको बताएका छन् । प्रहरीले सिट मुनि लुकाइएको अवस्थामा लागु पदार्थ फेला पारेका हुन् ।

पानामा राष्ट्रपति निटो कोर्टिजोले स्पेनी भाषामा टिवटरमा लेखेका छन् , ‘म सम्पूर्ण सरकारी कर्मचारीले पालना गर्नुपर्ने कुनै पनि आचार संहिता विरुद्धका व्यवहार प्रति शुन्य सहनशिलता नीति अपनाउन म प्रतिवद्ध छुं । ’

अहिले सम्म गवर्नर मार्टेलोका तर्फबाट यस विषयमा कुनै पनि टिप्पणी सार्वजनिक भएको छैन । गुना आदीवासीहरुको प्रमख वासस्थानको रपमा चिनिने गुना याला पानामाको क्यारिवियनको समुदि« तटमा रहेको छ । यसको दक्षिण तर्फ कोलम्विया रहेको छ । यसको लामो समुन्द्रीतट कोकिन तश्करहरुले प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्