खाली हुँदै कर्णालीका आइसोलेसन सेन्टर, चार जिल्ला कोरोनामुक्त



दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशका आइसोलेशन सेन्टरहरु क्रमश खाली हुन थालेका छन ।

आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज हुदै घर गएपछि हुम्ला,मुगु, कालीकोट र डोल्पाका आइसोलेशनहरु खलि भएका हुन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ३५ जना डिस्चार्ज भएका छन । यो संगै कर्णालीमा कोरोना जितेर घर जानेको संख्या दुइ हजार छ सय पाँच रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

चार जिल्ला कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशका चार जिल्लाहरु कोरोना संक्रमणमुक्त जिल्ला भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशका चार जिल्ला हरु कोरोना संक्रमणमुक्त भएका हुन ।

साविकको कर्णाली अञ्चलका जुम्ला जिल्ला वाहेकका मुगु, हुम्ला, डोल्पा र कालीकोट जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएका हुन् । जाजरकोट,रुकुम पश्चिम, सल्यान, दैलेख,सुर्खेत र जुम्ला जिल्लामा अहिले सम्म संक्रमण कायम नै रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीका अनुसार डोल्पामा ५ जना, हुम्लामा ९ जना, मुगुमा १३ जना र कालिकोटमा एक सय जनामा कोरोना संक्रमण देखिएको थियो । चार जिल्लाका सबैमा कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएकोले उक्त जिल्लाहरु कोरोना संक्रमण मुक्त जिल्ला भएको शाहीले वताउनुभयो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कालीकोट, हुम्ला, मुगु र डोल्पामा कोरोना संक्रमणको पुष्टि भएका नभएकोले ती जिल्लाहरु कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले वताउनुभयो । शाहीका अनुसार सम्बन्धीत जिल्लामा स्वाब संकलन गरि परिक्षण गरिएकाहरु सबै कोरोना जितेर घर गएका छन । अहिले सम्म कोरोना संक्रमित हुनेको जम्मा संख्या दुइ हजार नौ सय रहेको छ । कर्णालीमा संक्रिय संक्रमित तिन सय तिन जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्