सपथ ग्रहणमा दंग देखिएका बामदेव गौतम (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि नेकपा नेता बामदेव गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण कार्यक्रममा गौतम उत्साहित देखिएका थिए । चुनाव हारेर पनि राष्ट्रिय सभा सदस्यको मनोनयनमा परेका गौतम नेकपाका प्रभावशाली नेता मानिन्छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्