स्कुल अफ डेमोक्रेसी स्याङ्गजाद्वारा फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण



भूपराज बस्याल, स्याङ्जा ।

विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम बढिरहेका बेला स्कुल अफ डेमोक्रेसीले स्याङ्गजाले जिल्लाका ११ ओटै स्थानिय तहहरुलाई फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरणको कार्यक्रम अगाडि सारेको छ ।

जिल्लामा भर्खरै मात्र आफ्नो संगठनको प्रक्रिया पूरा गरेको सस्थाले उक्त स्टेण्ड केही स्थानीय तहमा वितरण गरिएको छ भने केहीमा वितरणको तयारीमा रहेको सस्थाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, वालिङ् नगरपालिका, भिरकोट नगरपालिका, पुतलीबजार नगरपालिका, फेदिखोला गाउँपालिका, आधिखोला गाउँपालिका र अर्जुन चौपारी गाउँपालिकामा वितरण गरिएको छ भने हरिनास गाउँपालिका र बिरुवा गाउँपालिकामा छिट्टै वितरण गर्ने तयारीमा रहेको बताउनुभयो ।

कोरोना भाइरस भएको ब्याक्तीले हात प्रयोग गरेर हात धुने वा सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरस अन्य ब्यक्तिमा सर्न सक्ने हुँदा खुट्टाको सहायताले सेनिटाइजरको प्रयोग गर्न सकिने गरि जनचेतना स्वरुप उक्त स्टेण्ड वितरण गरिएको कोषाध्यक्ष साधना न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्