ड्रग्स प्रकरणमा आफ्नो नाम बाहिरिएपछि अदालत गुहार्दै रकुल



एजेन्सी ।

बलिउडमा चर्किएको ड्रग्स प्रकरणमा आफ्नो नाम बाहिरिएपछि नायिका रकुल प्रित सिंह अदालत पुगकी छन् । भारतीय सञ्चारमाध्यमले आफ्नो बदनाम गर्न खोजेको बताउदै रकुल अदालत गुहार्न पुगेकी हुन् ।

दिल्ली उच्च न्यायलमा उजुरी दिँदै रकुलले मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छन् । सुशान्त आत्महत्या प्रकरणमा पक्राउ परेकी रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोमा रकुल लगाएत अन्य २५ बलिउड कलाकारले ड्रग्स प्रयोेग गर्ने गरेको बयान दिएकी थिइन् । ब्यूरोको दबाबमा आएर रियाले आफ्नो नाम लिएको रकुलले दावी गरेकी छन् ।

यससँगै रकुलले आफ्नो बदनाम गर्ने खोज्ने मिडियालाई कारवाही गर्नुपर्ने माग समेत राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्