रूपन्देहीमा क्वारेन्टिन भित्रै झुन्डिएको अवस्थामा एक युवकको शव भेटियो



न्युज अफ नेपाल, रूपन्देही ।

रूपन्देहीको क्वारेन्टिनमा बसेका एक युवकको शव पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको छ ।

देवदह नगरपालिका–३ सेमरानास्थित आदिवासी जनजाति भवनको क्वारेन्टिनमा बसेका देवदह–४ का एक युवकको शव पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो । केही दिन अघि मात्रै भारतबाट फर्किएर ती युवक क्वारेन्टिनमा बसेका थिए । युवकले बिहीबार बिहान साढे २ बजेतिर क्वारेन्टिन भवनको छतमा जाने सिँढीमा रहेको बिममा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

मृतककी आमा बिरामी रहेको र आर्थिक स्थिति निकै कमजोर भएकाले मानसिक तनावका कारण युवकले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । युवकको शव पोष्टमाटमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्