कयौं वर्षसम्म पृथ्वीको चक्कर लगाइरहने परमाणु हतियारको विकास गर्ने तयारीमा रुस



लन्डन (एजेन्सी) ।

रुसले कयौं वर्षसम्म अन्तरिक्षमा पृथ्वीको चक्कर लगाइरहने परमाणु हतियारको विकास गरिरहेको छ । उक्त हतियार आदेश पाएपछि विश्वको कुनै पनि भागलाई एकछिन मै नेस्तोनाबुत गर्न सक्षम भएको बताइएको छ । ९एम७३० बुरेभेस्त्निक नामक उक्त रुसी क्षेप्यास्त्रलाई बेलायत र अमेरिकाले स्काइफल मिसाइल नाम दिएको छ ।

रुसले एक सबसोनिक न्युक्लियर पावर्ड क्रुज क्षेप्यास्त्र प्रणाली विकसित गरिरहेको बेलायतको गुप्तचर एजेन्सीका प्रमुख लेफ्टिनेन्ट जनरल जिम हकेनहुलले चेतावनी दिएको छ । यो क्षेप्यास्त्रले विश्वको कुनै पनि स्थानलाई आफ्नो निसाना बनाउन सक्षम छ । यो कुन दिशाबाट आउँछ भन्ने पनि सोच्न नसक्ने हकेनहुलले बताए । सोच्दै नसोचेको दिशाबाट यसले हमला गर्न सक्छ । परमाणु उर्जाबाट चल्ने यो क्षेप्यास्त्र करिब अनिश्चित समयसम्म अन्तरिक्षमा रहन सक्ने उनले बताए ।

नियममा काम नगर्ने विरोधीहरुसँग तालमेल बनाइराख्न पनि उनले पश्चिमी देशलाई अपिल गरेको छ । रुस र चीनको उदाहरण दिँदै यी दुबै देश सीधा लडाई छोडेर बर्तमान समयमा आफनो शक्ति बढाएर अरु देशलाई चुनौती दिइरहेको उनले बताए । रुस विज्ञान र अन्तराष्ट्रिय सन्धिहरुको सीमा नाघिरहेको पनि उनले आरोप लगाए ।

कयौं विशेषज्ञहरुले रुसको यो क्षेप्यास्त्र कयौं बर्षसम्म पृथ्वीको परिक्रमा गर्न सक्षम हुने बताएका छन् । रुसको रक्षा कमान्डले जुन बेला हमलाको आदेश दिन्छ, यो क्षेप्यास्त्र तत्काल निर्धारित लक्ष्यमा परमाणु हमला गर्न सक्छ । यो क्षेप्यास्त्र सन् २०२५ सम्ममा प्रक्षेपण गर्ने तयार हुने गत बर्ष आएको एक प्रतिवेदनम उल्लेख गरिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त क्षेप्यास्त्र असिमित रेन्ज र युद्धाभ्यासमा असिमित क्षमतायुक्त भएको बताएका थिए । यो हतियारमा नयाँ प्रकार भएको उनले बताएको छ । बेलायत गुप्तचर प्रमुख क्याम्ब्रिजसायरको आरएएएफ बायटले फाइव आइज इन्टेलिजेन्स हबको बैठकमा उक्त जानकारी दिइएको थियो । फाइव आईज एक गुप्तचर गठबन्धन हो जसमा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड र क्यानाडाका विज्ञहरु छन् ।

प्रतिक्रिया दिनुहोस्