हेर्नुहाेस, आज सुनकाे मूल्य कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९६ हजार १ सय मा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ४० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय २० रूपियाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्