तिब्बती क्षेत्रबाट अपहरणमा परेका ५ जना भारतीय जासूस भएको चीनको आरोप



एजेन्सी ।

केही दिन अगाडि चीनको सीमा क्षेत्रमा प्रवेश गरेका पाँच भारतीय नागरिकहरू खुफिया अधिकारी भएको पुष्टि गरिएको चीनले दाबी गरेको छ ।

केही दिनअघि भारतीय संचार माध्यमहरूले भारतका पाँच जना नागरिकहरू चीनको तिब्बतको दक्षिणी क्षेत्रबाट चिनियाँ सैनिकले “अपहरण” गरेको समाचार सार्वजनिक गरेका थिए।

चीनको सरकारी पत्रिका ग्लोबल टाईम्सका अनुसार पाँच जना भारतीय नागरिक चीनको तिब्बतको दक्षिणी भागमा अवैध रूपमा प्रवेश गरेका थिए।

ग्लोबल टाईम्सका अनुसार, सूचना स्रोतले ती पाँच जना भारतीय भारतको खुफिया अधिकारी रहेको र ती अधिकारीहरूले शिकारीको नक्कली पहिचानमार्फत अवैधानिक रूपमा तिब्बतमा प्रवेश गरेका थिए।

स्रोतका अनुसार भारतले कहिलेकाहीँ यस्तो उपाय प्रयोग गरी केही व्यक्तिलाई भारत-चीनबीचको सीमा क्षेत्रको चीनको नियन्त्रणमा रहेको क्षेत्रमा पठाउने गरेको छ। भारतले सो उपायमार्फत अरू बढी सीमा क्षेत्रको नियन्त्रण गर्न खोजेको देखिएको समाचारमा जनाइएको छ ।

चीनले ती पाँच जना भारतीयला पक्राउ गरेको थियो। उनीहरूलाई कडा चेतावनी दिएर अबको केही दिनमा भारतलाई फिर्ता दिने योजना रहेको जनाईएको छ ।

सेप्टेम्बर १० तारिख चीनको राज्य परिषद सदस्य एवं चीनका परराष्ट्र मन्त्री वाङ यीले मस्कोमा भारतका विदेशी मन्त्री एस जयशंकरसँग भेट-वार्ता गरेका छन् ।

दुवै पक्षले चीन र भारतबीचको सीमा क्षेत्रीय परिस्थिति तथा दुई देशबीचको सम्बन्धबारे वैचारिक आदान-प्रदान गर्नुका साथै विभिन्न बिषयमा पाँचवटा ठोस सहमति गरेका छन्।

सहमतिका पाँचवटा ठोस बिषयमा दुवै पक्षले चीन-भारत सम्बन्धको विकास गर्ने र दुवै देशका नेताबीचको सहमतिका महत्वपूर्ण सिद्धान्तको पालना गर्नुका साथै मतभेदलाई सकेसम्म घटाइने छ। दुवै पक्षका सेनाले निरन्तर रूपमा संवाद गर्नुका साथै आवश्यक दूरीमा रहेर द्वन्द्वको प्रतिरोध गरिने छ। चीन-भारत सीमा क्षेत्रीय मामिलाको नीति र नियमको पालना गर्नुका साथै सीमा क्षेत्रको गम्भीर परिस्थितिमा ध्यान दिन आवश्यक छ। दुवै पक्ष सम्पर्कमा रहनका लागि चीन-भारत सीमा क्षेत्रीय मामिलाका विशेष प्रतिनिधिहरूसँगको भेट-वार्ता आयोजना गर्ने सहमतिमा पुगेका छन्। दुवै पक्षले नयाँ आपसी विश्वासको प्रणालीको छिटो रूपमा निर्माण गरी क्षेत्रीय शान्तिपूर्ण परिस्थितिको संरक्षण गर्नुपर्छ।

ती ठोस बिषयहरूमार्फत चीन र भारतका नेताहरूले उच्चस्तरीय रणनीतिक उद्देश्य अनुरूप दुई देशबीचको सम्बन्धलाई विकास गर्न प्रयास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्