हसनको दोस्रो टेस्ट पनि पोजिटिभ



लन्डन, (एजेन्सी)
बंगलादेशका क्रिकेट खेलाडी सैफ हसन दोस्रो पटकको परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएका छन्।

एक साताअघि कोरोना देखिएपछि आइसोलेसनमा बसेका हसनको दोस्रो पटकको परीक्षणमा पनि पोजिटिभ नै देखिएका हुन्।

बंगलादेश क्रिकेट बोर्डले हसनको दोस्रो पटकको परीक्षण पनि पोजिटिभ नै आएको बताएको छ। जसका कारण उनलाई श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि २७ खेलाडीको सँचीमा राखिएको छैन। उनी समयमा नै ठीक भएमा टिममा पर्न सक्ने बताइएको छ।

गत वर्ष भारतविरुद्धको टेस्ट सिरिजबाट टिममा डेब्यू गरेका हसनले यो वर्षको शुरुआतमा दुई टेस्ट खेलेका थिए। पछिल्लो दुई वर्षमा बंगलादेश ए टिमबाट गरेको प्रदर्शनका आधारमा उनलाई राष्ट्रिय टिममा राखिएको हो।

प्रतिक्रिया दिनुहोस्