तीन दिनसम्म वर्षा हुने सम्भावना



काठमाडौं, (नेस)

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएकाले सो अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले अब नेपालमा एक साता मात्र मनसुनको समय रहेको जानकारी दिनुभयो ।
असोज पहिलो हप्ता अर्थात् सेप्टेम्बर २३ मौसम अन्त्य हुने समय भएको उहाँको भनाइ थियो ।

हाल देशभर मौसमा सामान्य बदली भइरहेको छ । प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पौडेलले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ र अधिकतम तापक्रम २८ दशमलव ३ डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्