दुई युवा युवती पक्राउ



घनश्याम बगाल,नवलपरासी ।

चौध महिना अघिको हराएका स्थानीय युवाको हत्या पछि शव गाडिएको रहस्य खुलेसंगै पूर्वी नवलपरासीको गैडाकोटबाट २ युवा युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १८ निवासी ४० वर्षीय मेष बहादुर सुनारी मगर र सोही ठाउंकी ३८ वर्षीया फूलमाया सुगरपाक रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

जिप्रका पूर्वी नवलपरासीका अनुसार गत २०७६ असार २० गते मध्यरातबाट हराएका गैडाकोट १८ हूर्चिलका ४२ वर्षिय धन बहादुर सुगरपाक मगर हाल सम्म फेला नपरेको भन्ने निवेदन यही भदौ २९ गते प्रहरीमा परेको थियो । बेपत्ता भएका युवा धनबहादुरको परिवारबाट ईप्रका गैडाकोटमा परेको निवेदन अनुसार प्रहरीले खोजतलास गर्ने क्रममा युवक हराएकै दिन पक्राउ परेका उनकै श्रीमती फूलमाया र मेख बहादुर मिली कर्तब्य गरी लाश बेपत्ता पारेको रहस्य खुल्न आएको थियो ।

अनुसन्धानका क्रममा युवक सुगरपाकको हत्या पश्चात खाडल खनी लाश बेपत्ता पारेको स्थान गैडाकोट १८ कै सुन्दरी सामुदायिक वनमा उत्खनन गरी हेर्दा सडेगलेको मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थलको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि भरतपुर अस्पताल चितवन पठाई पक्राउ परेका दुवै युवा युवती माथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्