नेपाल अर्बुद्धरोग निवारण संस्थाको ३८ औं बार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न



नेपाल समाचारपत्र,काठमाडौ ।

नेपाल अर्बुद्धरोग निवारण संस्थाको ३८ औं बार्षिकोत्सव कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट मनाईयो । कार्यक्रमका विशेष अतिथि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको पिडा आफ्नो श्रीमती बिरामी हुँदा प्रत्यक्ष भोगेकोले नेपालमै दक्ष जनशक्ति उत्पादन गरि स्वदेशमै उपचार गर्ने वातावरण बनाउनका लागि सबैको एकता र पहलको खाँचो रहेको कुरा औल्याउनुभयो ।

उहाँले क्यान्सर उपचार असाध्य महगो हुन्छ । यो कति महगो हुन्छ भन्नेबारेमा जगदीश घिमिरेले भन्नुहुन्थ्यो- जति खर्च भयो त्यति भन्यो भने धाक लगायो भन्छन केही नभन्नु । त्यतिबेला नेपालमा क्यान्सरको अवस्था पहिचान गर्न गरिने परिक्षण पेटस्क्यान नेपालमा थिएन । पेटस्क्यान गर्न भारतमा जानुपथ्र्यो त्यहाँ नेपाली एकलाख २५ हजारका साथ विदेशी बिरामी भनेर २५ प्रतिशत थप शुल्क तिर्नुपथ्र्यो ।

त्यसैले यस्तो परिक्षण विधि नेपालमै आउँनुपर्छ । केही हदसम्म नेपाल क्यान्सर अस्पतालमा आईपनि सकेको छ । अझ व्यवस्थित बनाउनका लागि सरकारले थप मदत गर्नुपर्छ । क्यान्सर उपचारका लागि भारत जाँदा केही नभएपनि औषधिको मात्र ९ लाख तिर्नुपर्छ । एकपटकमा बिरामीले २० देखि ३० लाख खर्च हुन्छ । नेपालमा नसक्ने बिरामीका लागि सरकारले हर्बललाई पनि व्यवस्थित गर्नुपर्छ ।

हर्बलले पनि क्यान्सर उपचारमा काम गर्छ भन्ने बुझाउनुपर्छ । मान्छेले खानै पाउँदैन कसरी उपचार गर्छ । गरिबीकै कारण उपचार गर्न नसकेर कतिले आत्महत्या अगालेका छन् । अब त्यस्तो नहोस भन्नका लागि नेपाल सरकारले रक्सि, चुरोट जस्ता क्यान्सरका बिउलाई निर्मूल गरि नेपालीलाई स्वस्थ भएर बाच्ने वातावरण बनाउन कलाकार श्रेष्ठले आग्रह गर्नुभयो ।

पहिला म पनि चुरोट, रक्सि खान्थे जब मैले बुझे त्यसपछि शिखर साँझ कार्यक्रममा गएकै दिनदेखि मैले यि दुबै चीज छोडे । भित्र आत्माले नै छोड्छु भनेर समपर्ण गर्यो भने छोड्न सकिने कलाकार श्रेष्ठले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । राम्रो काम गर्न राजनीति गर्नुहुन्न, राजनीति छिर्यो भने सबै काम विग्रिन्छ ।

त्यसैले रक्सी र चुरोट छोडौं र नेपाललाई क्यान्सर मुक्त बनाउ भन्दै उहाँले संस्था र पुरस्कृत व्यक्तिलाई पनि बधाई ज्ञापन गर्नुभयो ।
महेश श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाको प्रमुख आतिथ्यमा संचालित भर्चुअल कार्यक्रममा संथाका महासचिव बिमल कुमार होडाले संस्थाको प्रगति विबरणका बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाल अर्बुद्धरोग निवारण संस्थाको अधिबेशनले तय गरेको अस्पताल व्यवस्थापन समिति राजनैतिक दलको दबाबका कारण जिल्ला प्रशासन कार्यालयले पारित गर्न नदिँदा भक्तपुर क्यान्सर अस्पताल निकै संकटमा परेको छ । यस बिषयमा सर्वोच्च अदालतमा मुद्धा बिचाराधिन अवस्थामा रहेको संस्थाका पूर्व अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्