गर्भवती र सुत्केरी महिलाको सैनामैना नपाद्धारा निःशुल्क कोरोना बीमा



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको सैनामैना नगरपािलकाले नगरमा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नगरले ‘उपप्रमुख सँग महिला कार्यक्रम’ अन्तर्गत बीमा गरिदिने भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको १ लाखको निःशुल्क कोराना बीमा गर्न थालिएकोे नगर उपप्रमुख बीना रानाले बताउनुभयो ।

बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरिएको उपप्रमुख रानाको भनाइ छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाहरुले आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाको अनुरोध छ । बीमाका लागि नागरिकता आवश्यक पर्दछ । नागरिकता नभएको खण्डमा वडाको सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । बीमाको अवधि १ वर्ष हुनेछ ।

प्रतिक्रिया दिनुहोस्