सालकको छालाको कारोवार गर्ने ५ जना बुटवलमा पक्राउ



यमलाल भुसाल,बुटवल ।

रुपन्देही प्रहरीले अवैध रुपमा सालकको छाला वोकेर हिडेको एक कार सहित ५ जनालाई बुटवलवाट पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका वडा नम्बर ५ नेपालगंज रोडमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ग २ च ९३१९ नम्बरको कारको पछाडिको बस्ने सिट मुनी लुकाई ल्याएको सालकको छाला थान २ बरामद गरेको छ ।

उक्त सालकको छाला सहित कारमा सवार जिल्ला गोर्खा शहीद लखन गाउँपालिका वडा नम्बर १ बस्ने गंगा बहादुर रोकाको छोरा वर्ष २५ को अशोक रोका (कार चालक),जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ बस्ने तारा सुनारको छोरा वर्ष २६ को राजेन्द्र रावल (सुनार), जिल्ला गोर्खा सिरानचोक गाउँपालिका वडा नम्बर ६ बस्ने मकान सिंह गुरुङको छोरा वर्ष २६ को खुसिमान गुरूङ,सोही स्थानकै पदम सिंह गुरूङको छोरा वर्ष ६३ को टिका गुरूङ र जिल्ला गुल्मी धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्ने बुद्धिमान सुनारको छोरा वर्ष २८ को प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो । प्रनाउ खत्रीले पक्राउ परेका मानिस र वरामद सामान थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय रूपन्देही पठाइएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्