कर्णालीमा थपिए ५१ जना कोरोना संक्रमित



दिपेन्द्र शर्मा,सुर्खेत ।

कर्णालीमा प्रदेशमा मंगलवार थप ५१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पातल दैलेख र चौरजहारी पिसिआर परिक्षण प्रयोगशाला रुकुममा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार नौ सय १४ पुगेको छ । उनीहरू मध्ये स्वाब रुकुम पश्चिम १ जना, दैलेखको दुल्लुवाट १ जना,सुर्खेतवाट १८ र ३३ जनाको वनगाडकुपिण्डे नगरपालिका सल्यानवाट संकलन गरिएको थियो । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सल्यानको वनगाड नगरपालिका सल्यानका मात्रै ३३ जना र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १३ जना रहेका छन ।

त्यस्तै दैलेख दुल्लु नगरपालिकाका १ जना, नारायण नगरपालिकाका १ जना, जाजरकोट जुनिचाँदे गाँउपालिकाका १ जना र उदयपुरका १ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख वृषवहादुर शाहीले जानकारी दिनुभयो ।

३५ जनाले कोरोना जिते

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ३५ जना डिस्चार्ज भएका छन ।पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट ९ जना, तिलागुफा आइसोलेशन सेन्टर कालिकोटवाट २० जना, भेरी आइसोलेशन र नलगाड आइसोलेशन सेन्टर जाजरकोटवाट १/१ जना, वीरेन्द्रनगर होमआइसोलेशन सुर्खेतवाट २ जना र दुल्लु अस्पताल दैलेखवाट २ जना रहेका छन ।

यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार छ सय ५ जना पुगेको छ । मन्त्रालयका अनुसार कर्णालीमा संक्रिय विरामीको संख्या तिन सय तिन जना रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्