खोप तत्काल आउँदैन आफै सचेत हुनुपर्छ : मन्त्री पोखरेल



न्युज अफ नेपाल,काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले तत्काल कोभिड–१९ को भ्याक्सिन आइहाल्ने अवस्था नभएकोलो नागरिक आफै सचेत हुनुपर्ने बताउनुभएको छ । एक अर्काबीच भौतिक र व्ययक्तिक दुरी कायम गरी स्वाथ्य मापदण्ड पुरा गरे कोरोनालाई सजिलै जित्न सक्ने उहाको धारणा छ ।

आठौ विज्ञान दिवसको अवसरमा विपि कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले आयोजना गरेको कार्यक्रममा उहाले स्वथ्य गुणस्तरको लागि विज्ञान आवश्यक रहेको बताउनुभएको छ ।विज्ञानको सहयोगमा मात्र रुढीग्रस्त समाजलाई परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उहाले त्यसकै लागि सरकारले विज्ञानसंगै वैज्ञानिकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

भन्नुभयो–अहिले नेपालभर ९० हजारको संख्यामा वैज्ञानिक रहेका र उनीहरुलाई विभिन्न आविष्कार सहित विभिन्न कार्यक्षेत्रमा खटाउनु आवश्यक रहेको छ । सरकारले अमृत साइन्स क्याम्पस स्थापना भएको दिन अर्थात असोज १ गतेलाई विज्ञान दिवसको रुपमा मनाउदै आएको छ ।

अब नेपालका वैज्ञानिकलाई कोभिड केन्द्रीत कार्यक्रममा आकर्षित गराउनुपर्छ, यस्ले गर्दा नेपालको नाम विश्वसामु परिचित गराउन सकिन्छ–मन्त्री पोखरेलको धारणा थियो । विद्यालय तहका विद्यार्थीलाई विज्ञान विषयमा आकर्षित गर्न सरकारले नया योजना ल्याउने तयार गरेको उहाको भनाई थियो ।

मन्त्रालयले गएको वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्विकृत गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको विषयमा मन्त्री पोखरेलले भन्नुभयो–सो नीतिलाई कानुन बनाउने र कार्यान्वयनमा लैजाने चरणमा रहेको बताउनुभयो । मन्त्रालयले बनाएका यस्ता दर्जनौ नीति कार्यान्वयन हुन कठिन भैरहेको छ । मन्त्री पोखरेलले नीति कार्यान्वयनममा ल्याउने तयार भैरहेको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बनेको जानकारी दिनुभयो ।

नीतिमा बायो, न्यानो तथान्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यावसायिकरण, विविधिकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षण्लाई प्रयोगात्मक क्रियाकलापसँग आवद्ध गरी शिक्षणलाई व्यवहारिक र रुचिपूर्ण बनाउने लगायतका विषय समावेश गरीएको छ ।

\उहाँले देशका विज्ञान विषय र वैज्ञानिकलाई काममा लगाउन ६ सय ३७ पालिकामा प्राविधिकविद्यालयको पहुँचपुगेको र थपमाविस्तार गर्ने कामभइरहेको बताउनुभयो । सो अवसरमा उहाले गएको वर्षमा भएको कामको प्रगतिको समिक्षा गर्ने र यो वर्ष नया योजना तय गर्न विज्ञान दिवस मनाउन लागिएको उल्लेख गर्नुभयो ।

हामीले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरी त्यसले खिचेको फोटो संकलन गरिरहेको, अनुसन्धान भैरहेको, उत्पादनलाई जोड दिएर विभिन्न अध्ययन सम्पन्न गरेको विज्ञान र गणितको स्तर वृद्धी गर्न विभिन्न योजना अघि बढाएका छौ भन्नुभयो ।

विज्ञान र वैज्ञानिकको विषय आविष्कार योजना लगायत दिर्घकालिन विकासका लागि पुर्व विज्ञान मन्त्री गणेश साहको अध्यक्षतामा समिति गठन गरेर सो समितिले दिएको प्रतिवेदनको आधारमा नया योजना तय गर्ने कार्य भैरहेको उहाको भनाई थियो । कार्यक्रमममा संग्रहालय विकास समितिले तयार गरेको वेव साइटको शुभारम्भ गर्नुभएको थियो । वेवसाईटमा समितिले गरेका गतिविधि विकास र योजना लगायत विषय समावेश गरिएको छ ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञानबाट मुलुक परिवर्तन गर्न अब वैज्ञानिक क्रान्तिको आवश्यक रहेको बताउनुभयो । उहाले विज्ञानको विकासलेनै मुलुकलाई विश्वमा परिचित गराउन सकिने बताउनुभयो । विज्ञान र त्यसले गरेको विकासको विषयलाई समेत समावेश गरिने लक्षका साथ तयार गरेको वेवसाइटमा संग्रहालयमा रहेको सबै विवरण राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्