पीएसजीको समर्थन नेयमारलाई



पेरिस, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले उनीहरूका ब्राजिली प्लेमेकर नेयमारलाई ठूलो समर्थन दिने भएको छ। अघिल्लो दिनको फ्रान्सेली लिगको खेलमा मार्सेली डिफेन्डर अल्भारो गोन्जालेजले रंगभेदको गाली गरेको भनेपछि पीएसजीले नेयमारको समर्थन गर्ने भएको हो। सो खेलमा नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड देखाइएको थियो। सो झगडाका दौरान नेयमारले गोन्जालेजको टाउको पछाडि हिर्काएका थिए।

नेयमारले खेलपछि ट्वीट गर्दै भनेका थिए– ‘अल्भारोले रंंगभेदको गाली गरे। उनले भिएआर (भार) द्वारा स्पष्ट गर्न आग्रहसमेत गरेका थिए। तर, मार्सेलीले भने उनी गोन्जालेज रंगभेद होइनन्।’ पीएसजीले भन्यो– ‘समाज, फुटबल र हाम्रो जीवनमा रंगभेदका लागि कुनै स्थान छैन।’ फ्रान्सेली लिग विजेता पीएसजीले वक्तव्य सार्वजनिक गरेको थियो। जसमा उल्लेख गरिएको थियो कि घटना के हो यसको स्पष्टसँग जाँच हुनुपर्छ।’

नेयमारले रातो कार्डमार्फत मैदान बाहिर आएपछि चौथो अम्पायरलाई गोन्जालेजद्वारा रंगभेद गाली दिएको बताएका थिए। उनले पछि गोन्जालेजलाई लक्षित गर्दै लेखेका थिए– ‘अपमान र रंगभेद हाम्रो जीवनमा छैन, म यसलाई स्वीकार र सम्मान पनि गर्दिनँ र तिमीसँग त्यस्तो चरित्र पनि छैन।’

नेयमारको आरोपको खण्डन गर्दै गोन्जालेजले भने– ‘उनले कुनै रंगभेदको गाली दिएका थिएनन्। एलएफपी अनुशासन समितिले उक्त खेलमा रातो कार्ड पाएका पाँचै खेलाडीसँग भेट्नेछ। साथै, खेलमा भिडियो र खेल रेफ्रीहरूसँग भेट गरेपछि सो घटनाको प्रतिवेदन निकाल्ने बताइएको छ।’

प्रतिक्रिया दिनुहोस्