यो युवती जसले पैसा कै लागि साथीलाई आगोले कोठामै नष्ट गरेर चाबी लगाइ !



काठमाडौं । थाइल्याण्डकी एक युवतीको मृत शरीर फेला परेको छ । भारत, गुजरातको सुरतको ग्रामीण इलाकामा बस्ने थाइल्याण्डकी एक महिला वनिडा (वरिन्दा बुर्जोन) को मृत्यु भएको हाे । यस मामलामा प्रहरीले मृतककी साथी अन्नडा उर्फ ​​आइडालाई पक्राउ गरेको छ ।

आइडाले प्रहरीलाई दिएको बयान अनुसार उनले लु ट्ने अभिप्रायले वनिडालाई सिध्याएकी हुन् । आइडालाई पैसाको अति आवश्यकता थियो, त्यसैले उनले ओनिडालाई सिध्याएकी हुन् । साथिको ज्यान लिएपछि उनले भारु २ लाख ५० हजार सामान जफत गरेको बयान दिएकी छिन् । त्यसपछि उनी कोठामा ताला लगाएर बाहिर गइन् ।

साथिलाई नष्ट गरिएको भनिएको छ । यस घटनाको अलिक लामो समयपछि जब एक गाउँले त्यो कोठामा आए, तब त्यहाँ केही ग न्ध आउन थाल्यो । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । ढोका तोडदा, वरिन्दा बुर्जोनलाई कसैले जीवन लिएरपनि नष्ट नै गरिसकेको देखिएको थियो । त्यसपछि प्रहरीलाई खबर गरियो । घटनाको प्रहरीले अनुसन्धान सुरु गर्‍यो ।

जब प्रहरीले वरिन्डा बुर्जोनको मृत शरीरलाई परीक्षणको लागि पठायो तब ड रलाग्दो खु लासा भयो । त्यहाँ बुर्जोनसहित अन्य धेरै केटीहरू साथमा थिए । आनन्दा उर्फ ​​आईडासँग पनि उनको संगत राम्रै थियो । तर त्यसबेलासम्म प्रहरीले आईडाले बुर्जोनको ज्यान लिएको भन्ने कुरा सोचेको पनि थिएन् ।

लामो समयको अनुसन्धानपछि प्रहरीले आईडाले जालसाजी गर्दै वरिन्डाको मोबाइल एक रिक्शा चालकलाई दिएको कुरा पत्ता लगायो । पछि, पुलिसले रिक्शा चालकलाई सोधपुछ गरे पछि उनले आइडाले दिएको बयान दिए । त्यस आधारमा प्रहरी आईडासम्म पुग्यो । सोधपुछमा उनले ६ सेप्टेम्बर बिहान ७ बजेदेखि ७ः३० मिनेटको बीचमा आफुले साथिलाई नष्ट गरेको बयान दिइन् ।

आइडाले बुर्जोनका दुई आईफोनसहित भारु २ लाख २५ हजार बराबरको सम्पति लिएर गइन् । उनले एउटा सुनको सिक्रि पनि लिएर गएकी थिइन् । त्यस पछि, कोठामा ताला लगाएर त्यहाँबाट फरार भइन् । आईडालाई पक्रेर उमरा प्रहरीले चोरी भएको सामानसँगै तालाचाबी पनि नियन्त्रणमा लिएको छ ।

कोठाको तालालाई बाहिरबाट लक गरिएको थियो । प्रहरी भन्छ, ‘अन्नडा उर्फ ​​आइडा सोम्बाड भोङगप्रोम तालाब फालियाको मगदल्ला गाउँमा बस्न थालेकी थिइन् । उनले सुरतको मगदल्ला गाउँमा अवस्थित गोरखा सडकमा रहेको एक घरमा वनिडा बुर्जोनको ज्यान लिइन् ।’ प्रहरीका अनुसार त्यहाँका स्थानीयहरुले ति युवतीमाथि अनेक गरेर ज्यान लिएको अनुमान गरिरहेका थिए ।

एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्