कर्तव्य ज्यान मुद्दाका दोषी दश वर्षपछि पक्राउ



डोटी, (नेस)
जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय सुनाएको १० वर्षपछि प्रहरीले दोषीलाई पक्राउ गरेको छ । सजाय सुनाइएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई पक्राउ गरिएको हो ।

आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उहाँसहित अन्य चार जनालाई विसं २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो ।

कर्तव्य ज्यान मुद्दामा सजाय तोकेसँगै फरार रहेका गमानसिंह थापालाई दश वर्षपछि पक्रेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताउनुभयो ।

थापासँगै पक्राउ परेका अन्य चार जना भने अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् । पक्राउ गरेसँगै थापालाई कैद भुक्तानीका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्